त्रिभुवन बिश्वबिद्धालयको अनलाइन कक्षा : आवस्यकता र यथार्थता
पुरा बिश्व नै कोभिड १९ बाट आक्रान्त भइरहेको छ।प्रायः सबैजसो देशहरू लकडाउनमा नै छ्न।आफ्ना जनताहरुलाई सेल्फ क्वारेन्टिन गर्न सुझाइरहेका छन।यहि परिप्रेक्षबाट नेपाल पनि अछुतो रहन सकेन।र २०७६ चैत १० गतेबाट महिनादिन लामो लकडाउन ब्यहोरिरहेको छ।अध्ययनको शिलशिलामा जिल्ला बाहिर पुगेका अधिकांश बिध्यार्थीहरु आ-आफ्नो घर फर्किसकेका छन।बाँकि बिध्यार्थिहरु पनि फर्किरहेका छन।
बिध्यार्थीहरु राष्ट्रिय र अन्तराष्टृय आर्थिक,सामाजिक र राजनीतिक समाचार तथा कोभिड १९ सम्बन्धी समाचारमा अभ्यस्त भइरहेका थिए। तर त्रि.बि मा अध्ययनरत बिध्यार्थीले एक्कासी २०७७ बैशाख ८ गते अनलाइन कक्षा संचालन हुने ब्यहोराको परिपत्र बारे पढे वा सुने।तत्पश्चात अधिकांश बिध्यार्थीको मनमा उब्जेको एउटै प्रश्न थियो,के यो सम्भब छ ?निश्चय पनि प्रबिधिको यो युगमा प्रबिधिसँग सम्बन्धित असम्भाब्यता गौण छ।तर कतिपय परिवेशमा सम्भब पनि नहुने रहेछ।
अनलाइन कक्षाको आवश्यकता :
हरेक पक्षमा चलायमान भइरहेको बिश्व कोभिड-१९ ले महामारिको रुप लिए सङ्गै ठप्पप्राय: छ।आर्थिक,सामाजिक,राजनीतिक,शैक् षिक,ब्यापारीक क्रियाकलापहरुमा बैकल्पिक उपायको खोजी जारी छ।यसै सन्दर्भमा नेपालको सबैभन्दा पुरानो बिश्वबिद्धालय,त्रि.बिले पनि आफ्ना बिध्यार्थिहरु लाई जारी लकडाउन अवधिमा अध्यापन गराउन अनलाइन कक्षाको आवस्यकता महसुस गरेको छ। महिनादिन भन्दा बढिनै लकडाउन हुने भएकाले बिध्यार्थीको पठनपाठनमा प्रत्यक्ष प्रभाव पार्ने सुनिश्चित छ।सो कारण बिश्वबिद्धालयले बार्षिक क्यालेन्डर प्रभावित हुने देखेपछि अनलाइन कक्षाको आवश्यकता ठानिएको कुरा बुझ्न त्यती गाह्रो छैन।बिज्ञान र प्रबिधिको यो युगमा यस्तो निर्णय किन गरियो भनेर प्रश्न गर्ने कुरो पनि भएन।तर नेपालको परिवेशमा भने यथार्थता अलि भिन्न छ।
स्नातकोत्तर तहका कक्षाहरु त्रिपुरेश्वोर क्याम्पसमा संचालन गरे पछि १९६७मा कीर्तिपुरस्थित सरेको त्रिभुवन बिश्वबिद्धालयका करिब६० भन्दा धेरै आंगिक क्याम्पस छन।देशको विभिन्न भूगोलमा रहेका करिब १०८४ भन्दा बढी सम्बन्धन प्राप्त क्याम्पस छन।टाइम्स हाएर एजुकेसन पत्रीकाका अनुसार त्रि.बिमा शैक्षिकशत्र २०२० मा करिब चार लाख अठार हजार त्रिपन्न जना बिध्यार्थी भर्ना भएका छन।यो कुरा सत्य हो कि सबै बिध्यार्थीहरु एकै भूगोल/एकै ठाउँका होइनन् ।अझ भन्नुपर्दा बिश्वबिद्धालयमा आध्ययनरत अधिकांश बिध्यार्थीहरु ग्रामीण परिवेशबाट छन र अब प्रश्न उब्जन्छ कि:
१.निर्देशिकामा उल्लेख गरे बमोजिम के कक्षा सन्चालन गर्ने हरेक बिभाग वा क्याम्पसले गुणस्तरीय ईन्टरनेट ,ल्यापटप तथा कम्प्युटर
र बैकल्पिक बिजुली समेतको बन्दोबस्त गर्न सक्षमता देखाउलान त?
२.यत्तिका बर्षसम्म पनि अनलाइन कक्षाको बारेमा सामान्य पहल समेत गर्न नसकेको अवस्थामा के रातारात अनलाइन कक्षालाई प्रभावकारी बनाउन सकिएला त? ( स्मरण रहोस् : सन १९९८ मा पहिलो पूर्णकालिन अनलाईन कक्षा सन्चालन गरेको न्युयोर्क बिश्वबिद्धालयले सन २००० मा जम्म ८% बिध्यार्थी भर्ना गर्न सकेको थियो।ईन्टरनेट को गतिको हिसाब ले बिश्वको ९औँ स्थानमा पर्ने अमेरिकामा त्यसको करिब ८ बर्षपछि मात्र २०% बिध्यार्थी भर्ना भएका थिए ।)
३.अहिले पनि नेपाल ईन्टरनेटको गतिको हिसाब ले १४५ देशमध्य १३०औं स्थानमा पर्दछ।२०७६ चैत १० गते देखि लिएका अनलाइन कक्षाहरुसमेत नियमित कक्षासरह नै पाठ्यभारमा गणना गर्ने भनेर निर्देशिकामा नै उल्लेख गरेपछी यसरी ईन्टरनेट र ल्यापटप तथा स्मार्टफोन जस्ता स्रोतबाट बिमुख रहेका अधिकांश बिध्यार्थीहरुले उक्त पढाईको क्षतिपूर्ति कसरी गर्ने त?
४.त्रि वि मा स्नातक र स्नातकोत्तर मा क्रमशः १०७९ र १००० बिषय समाबेश भएका विभिन्न संकायमा पढाइ हुन्छ।के ती सबै संकायमा अध्ययनरत र अध्यापनरत ब्याक्तीहरु अपडेटेड,अपग्रेडेड र आइ.टी मैत्री छन त?
५. अनलाईन कक्षा केन्द्र तथा भौतिक वा बिद्धुतीय केन्द्रको रुपमा निर्माण गर्न आवस्यक समय र खर्चको बारेमा केही आंकलन गरिएको छ त?
६.सरकारी कदमहरु ढिलासुस्ती तथा अनियमितता ले कसरी ग्रशित हुन्छ्न त्यो त हामिले देखिसकेका छौँ – भोगिसकेका छौँ ।अनलाइन कक्षाको मामिलामा त्यस् किसिमको ढिलासुस्ती तथा अनियमितता हुँदैन भन्ने के ग्यारेन्टी छ?
७. support pool of export हरुको बन्दोबस्त गर्न प्राबिधिक र शैक्षिक जनशक्तिलाई तालिम प्रदान गर्न कति समय लाग्दछ,यस सम्बन्धि कति सोधखोज गरिएको छ?
बिश्वपरिबेश लाई नियाल्ने हो भने बिगतका बर्षहरु भन्दा आजभोलिका बर्षहरुमा अनलाईन प्रशिक्षण तथा सिकाइ द्रुतगतिमा मा चलिरहेको छ।एकातिर अनलाईन सिकाइ परम्परागत सिकाइ भन्दा सहज ,सरल र ब्यबहारिक हुन्छ। अर्कोतिर बिध्यार्थीहरुले आफ्नो समकालीन उत्तरदायीत्वलाई पनि मध्यनजर राख्दै आफुलाइ पायक परेको समयमा उक्त सिकाइ ग्रहण गर्न सक्छन् ।यदि अन्लाईन सिकाइलाई सहिरुपमा ब्यबस्थापन गर्न सकेमा सस्तो र किफायती पनि हुने देखिन्छ ।बिध्यार्थीहरु जसले अनलाइन सिकाइ मार्फत आफ्नो बुझाइको दायरा बढाउन, क्षमता अभिवृद्धि गर्न र नयाँ सीप सिक्न चाहान्छन ,उनिहरुकालागी निकै प्रभावशाली हुने देखिन्छ।आइ.वी.एम का अनुसार परम्परागत सिकाइभन्दा अनलाइन सिकाइ ५ गुणा बढि प्रभावकारी र गुणस्तरीय हुने यथार्थता एक अध्ययन ले देखाएको छ।यति हुँदा पनि,त्रि.बिले प्रकाशित गरेको निर्देशिका नीतिगत रुपमै असम्भब प्रायः छ।कुनै प्रतिनिधिमुलक बिध्यार्थीको सहजतालाइ हेरेर सम्पुर्ण बिध्यार्थीका निमित्त एकैकिसिमको निर्देशिका लागू गर्न खोज्नु नै ईन्टरनेटको पहुँच भन्दा टाढा रहेका हजारौं बिध्यार्थीलाई नजरअन्दाज गर्नु हो।
अनलाइन कक्षाको प्राबधान अन्य सम्भाबित विकल्पहरुको सोधखोज गरेर ल्याइएको हो?या अनाहक र हठात।सत् प्रतिशत बिध्यार्थीको सहज सहभागीता नहुने अनलाइन कक्षा अहिले नै सन्चालनमा ल्याउनु भन्दा बरु यसको लागि व्यापक पुर्व तयारी गर्दै गर्ने र निकट भविष्यमा सन्चालनमा ल्याउने गरि पहलकदमी लिनु राम्रो हुन्थ्यो।कथमकदाचित अनलाइन कक्षा सन्चालन गरिहालेमा बहुसंख्यक बिध्यार्थीहरु त्रि बि को आपतकालीन निर्णयको मारमा पर्नीछन।बरु बिध्यार्थीहरुलाई रचनात्मक,सृजनात्मक तथा ब्यबहारिक ज्ञान अभिवृद्धि गर्न प्रेरणा दिन सकिन्थ्यो।लेख रचनाहरु प्रकाशन गर्न स्रोतहरु उपलब्ध गराउन सकिन्थ्यो ।अत: कोभिड-१९को सन्त्रासमा रहेका बिध्यार्थीहरुको मानसिकतालाई अझ अनलाइन कक्षामा कसरी सामेल हुने भन्ने थप तनाब नदिएको भए राम्रै हुन्थ्यो ।।
- दिपकुमार तिमिल्सेना
त्रिचन्द्र कलेज ,घण्टाघर काठमाडौ ,स्नातक तह, सम्पर्क ~९८६०४८८०८।
Ramro
ReplyDeleteThank you!!!
DeleteNice
ReplyDeleteThank you !!!
Delete