त्रिभुवन बिश्वबिद्धालयको अनलाइन कक्षा : आवस्यकता र यथार्थता
![Image](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEh3UmEhOQ37PL0737YHoxraMb-dVlh0WKzeMTO7GDpIvCOCIAHkttXbVrGzREzIZ88gjr3HCMYfWI4_qS4ChZL7CX5KVv41wiI3BiNH5ZIQlPvNfdN-HwIGN3NU0IvJeP8ljR-58Mq0Z7Ru/w640-h424/800px-Tribhuvan_University%252CArts_Faculty..jpg)
पुरा बिश्व नै कोभिड १९ बाट आक्रान्त भइरहेको छ।प्रायः सबैजसो देशहरू लकडाउनमा नै छ्न।आफ्ना जनताहरुलाई सेल्फ क्वारेन्टिन गर्न सुझाइरहेका छन।यहि परिप्रेक्षबाट नेपाल पनि अछुतो रहन सकेन।र २०७६ चैत १० गतेबाट महिनादिन लामो लकडाउन ब्यहोरिरहेको छ।अध्ययनको शिलशिलामा जिल्ला बाहिर पुगेका अधिकांश बिध्यार्थीहरु आ-आफ्नो घर फर्किसकेका छन।बाँकि बिध्यार्थिहरु पनि फर्किरहेका छन। बिध्यार्थीहरु राष्ट्रिय र अन्तराष्टृय आर्थिक,सामाजिक र राजनीतिक समाचार तथा कोभिड १९ सम्बन्धी समाचारमा अभ्यस्त भइरहेका थिए। तर त्रि.बि मा अध्ययनरत बिध्यार्थीले एक्कासी २०७७ बैशाख ८ गते अनलाइन कक्षा संचालन हुने ब्यहोराको परिपत्र बारे पढे वा सुने।तत्पश्चात अधिकांश बिध्यार्थीको मनमा उब्जेको एउटै प्रश्न थियो,के यो सम्भब छ ?निश्चय पनि प्रबिधिको यो युगमा प्रबिधिसँग सम्बन्धित असम्भाब्यता गौण छ।तर कतिपय परिवेशमा सम्भब पनि नहुने रहेछ। अनलाइन कक्षाको आवश्यकता : हरेक पक्षमा चलायमान भइरहेको बिश्व कोभिड-१९ ले महामारिको रुप लिए सङ्गै ठप्पप्राय: छ।आर्थिक,सामाजिक,राजनीतिक,शैक् षिक,ब्यापारीक क्रियाकलापहरुमा बैकल्पिक उपायको ख...